|

काठमाडौँ : चितवनको भरतपुरमा एक युवकलाई निर्घात कुट्ने प्रहरीका असइ निलम्बनमा परेका छन्।

चितवनका  प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले असइ बुद्धिबहादुर भुजेललाई निलम्बन गरी कारबाही थालेको जानकारी दिए।

घटना गएको पुस दोस्रो सातातिरको भएको र आवश्यक अनुसन्धान थालिसकेको उनले बताए। भरतपुर महानगरपालिका ११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा उक्त घटना भएको खुलेको छ। 

असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत रहेका बेला यसरी युवकलाई कुटेका बताइएको छ। सामाजिक सञ्जालमा हालैमात्र भिडियो भाइरल भएपछि प्रहरीले उक्त घटनामा एक्सन लिएको हो।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति समेत बनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.