|

काठमाडौँ : अन्ततः त्रिवि शिक्षण (टिचिङ अस्पताल)ले अन्तरंग विभाग (भर्ना भएका विरामी)ले पनि स्वास्थ्य बिमामार्फतको सेवा पाउने निर्णय गरेको छ।

यसअघि गत भदौमा स्वास्थ्य बीमा बोर्डले लागू गरेको नयाँ दररेट अस्पतालको दरभन्दा फरक परेको भन्दै अस्पतालले भर्ना भएका विरामीलाई बिमामार्फतको सेवा दिन रोकेको थियो।

तर अब अस्पतालमा भर्ना भएका विरामीले समेत स्वास्थ्य बिमामार्फतको सेवा पाउने अस्पतालले जनाएको छ। सोमवार अस्पतालले जारी गरेको एक सूचनामा भनिएको छ 'उपरोक्त सम्बन्धमा यस अस्पतालमा संचालित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अन्तरंग विभागमा भर्ना भएका विरामीहरुलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम मिति २०८१ भाद्र १२ गतेदेखि स्थगन गरिएकोमा मिति २०८१ माघ ०७ गते देखि पुनः संचालनमा आएको व्यहोरा सम्बन्धित सबैको जानकारीका गरिएको' उल्लेख छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.