काठमाडौँ : पहिलो खो-खो विश्वकपमा उपविजेता भएका नेपाली पुरुष तथा महिला टोली सोमवार स्वदेश फर्किएका छन्।
भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रङ्गशालामा आइतवार भएको फाइनलमा दुवै टोली घरेलु भारतसँग पराजित हुँदै उपविजेता भएका थिए।
फाइनलमा पुरुष टोली ५४–३६ स्कोरले पराजित भएको थियो भने महिला टोली घरेलु भारतसँगै ७८–४० ले पराजित भएको थियो।
पहिलो विश्वकपमा नै उपविजेता भएर दुवै नेपाली खो-खो टोलीले खेलकुदमा पाएको यो ऐतिहासिक उपलब्धि हो। दुवै टोलीलाई आज (सोमवार) त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।