|

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्। 

सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले २०१९ मा पनि सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए। साथै ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताएका छन्।  ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा क्याच र रिलिजको अन्त्य गर्ने बताएका छन्। यो आप्रवासीहरूलाई अदालतमा मुद्दा पर्खन राष्ट्रमा रिहा गर्ने सन्दर्भमा उल्लेख छ।

उनले ट्रम्पले आप्रवासीहरुलाई एसाइलम कुर्न मेक्सिकोमा रहनुपर्ने रिमेन इन मेक्सिको नीतिलाई पुनर्स्थापित गर्ने बताएका छन्, जसले आप्रवासीहरूलाई उनीहरूको अध्यागमन मुद्दाको मितिसम्म मेक्सिकोमा पर्खन बाध्य तुल्याउनेछ। 

उनले पहिलो चरणमा बाइडेन शासनकालका ७८ कार्यकारी आदेशहरू रद्द गरेका छन्।

ट्रम्पले एरिनामा हस्ताक्षर गरेका अन्य आदेशहरूमा नियामक स्थगन रहेको छ, जस अनुशार ट्रम्प प्रशासनले पूर्ण रूपमा सरकारको नियन्त्रण नलिएसम्म अधिकारीहरूले कुनै नयाँ नियम जारी गर्न पाउनेछैनन्। 

संघीय कर्मचारीहरू पूर्णकालीन काममा फर्कनुपर्नेछ। रिमोट तरिकाले काम गर्दै आएका सबै संघीय कर्मचारीहरू तत्काल पूर्णकालीनरुपमा कार्यालयमा फर्कनुपर्ने कार्यकारी आदेश ट्रम्पले जारी गरेका छन्। 

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि यो सम्झौताबाट बाहिरिएका थिए, तर बाइडेनले अमेरिकालाई पुनः सम्झौतामा सामेल गराएका थिए। ट्रम्पले संयुक्त राष्ट्रसंघलाई सम्झौताबाट फिर्ता हुने पत्रमा पनि हस्ताक्षर गरेका छन्।

यस्चै ह्वाइट हाउसको आधिकारिक वेबसाइटले राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथ लिए लगत्तै विवरणहरु परिवर्तन गरेको छ। लेआउटमा अमेरिका इज ब्याक लेखिएको छ। 

वेबसाइटमा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, प्रथम महिला मेलानिया ट्रम्प र नयाँ मन्त्रिपरिषद्का सदस्यहरूको जीवनी समावेश छ। साथै नयाँ प्रशासनका प्राथमिकताहरू उल्लेख गरिएका छन्, जसमा महँगी अन्त्य गर्दै लागत घटाउने, अमेरिकी कामदारहरूका लागि कर कटौती, अमेरिकाको सीमाहरू सुरक्षित गर्ने, अमेरिकी ऊर्जा वर्चस्व र अमेरिकी सहरहरूलाई पुनः सुरक्षित बनाउने समावेश छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.