|

ताइवानको दक्षिणी क्षेत्रलाई केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ। मंगलबार बिहान ६.४ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु  युजिङ शहरबाट १२ किलोमिटर उत्तरमा रहेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट भत्किएको ताइनान शहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार गरिएका ६ जना घाइते भएका छन्। उनीहरूलगायत अन्य स्थानका ९ घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ। 

भूकम्पका कारण राज्य राजमार्गमा रहेको झुवेई पुलमा पनि क्षति पुगेको छ।

ताइवानमा सन् २०२३ को अप्रिलमा पनि भूकम्प गएको थियो। हुआलियनमा  गएको ७.४ म्याग्निच्यूडको भूकम्पका कारण १३ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए । यसअघि सन् २०१६ मा ताइवानमा गएको भूकम्पमा एक सयभन्दा बढीको मृत्यु भएको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.