|

काठमाडौं : इङ्लिस प्रिमियर लिगमा चेल्सीले वुल्भ्समाथि ३–१ को जित हासिल गर्दै पाँच खेलको जितविहीन यात्रा समाप्त गरेको छ। 

दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै जित हात पारेसँगै चेल्सी लिगको शीर्ष चारमा प्रवेश गरेको छ।

स्ट्यामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन टोसिन अडाराबियोयो, मार्क कुकुरेला र नोनी माडुकेले गोल गरे। वुल्भ्सका लागि म्याट डोहटीले एक गोल फर्काए।

२४ औं मिनेटमा टोसिनले गोल गरेपछि चेल्सीले सुरूआती अग्रता बनाएको थियो। तर पहिलो हाफको थप समयमा डोहर्टीले बराबरी गोल फर्काए। ६० औं मिनेटमा कुकुरेलाले चेल्सीका लागि दोस्रो गोल गरे। आफ्नो १०० औं प्रिमियर लिग खेलमा कुकुरेलाले माडुकेको डिफ्लेक्टेड क्रसलाई पोस्टको दिशा दिएका थिए। त्यसको पाँच मिनेटपछि कोल पाल्मरको कर्नरमा माडुकेले गोल गरेपछि चेल्सीले ३–१ गोल अन्तरको जित सुनिश्चित गर्‍यो।

यस जितसँगै एन्जो मारेस्काको टोली चेल्सी, न्युक्यासल युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। 

उसले २२ खेलमा ११ अंक सहित ४० अंक जोडेको छ। गोल अन्तरको आधारमा रेलिगेसन क्षेत्रभन्दा बाहिर रहेको वुल्भ्स २२ खेलमा १६ अंक सहित १७ औं स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.