संखुवासभा : बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि तुम्लिङटार विमानस्थलदेखि काठमाडौँ उड्न लागेका यात्रु ३ घण्टाभन्दा बढी समय विमानस्थलमै रोकिएका थिए।
संखुवासभाको तुम्लिङटार विमानस्थलदेखि काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रद्द भएको हो। मंगलबार दिउँसो १२ः१७ बजे तुम्लिङटारमा अवतरण भएपछि बुद्ध एयरको दायाँ पखेटामा प्राविधिक समस्या देखिएपछि उडान रद्द भएको विमानस्थल तुम्लिङटार विमानस्थलका प्रमुख नवराज दाहालले बताए।
उनका अनुसार काठमाडौँबाट तुम्लिङटार अवतरण भएलगत्तै बुद्ध एयरको दाहिने पखेटामा रहेको जेनेरेटरमा प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाज तुम्लिङटारमै रोकिएको हो। इन्जिनमा प्राविधिक समस्या देखिएकाले अर्को जहाजमार्फत काठमाडौँ लगिएको थियो।
उक्त जहाजमा ३ बालकसहित ६४ जना र चालक दलका चार सदस्य थिए। उक्त जहाज मर्मतका लागि अर्को जहाजमार्फत प्राविधिक झिकाइएको छ। यहाँबाट संखुवासभा, भोजपुर, धनकुटाका बासिन्दा लाभान्वित भएका छन्। तुम्लिङटार विमानस्थलमा बुद्धको एटीआर–७२ ले दैनिक उडान भर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।