काठमाडौँ : नेकपा (एमाले)ले पार्टीको विधान अधिवेशन २०८२ साल भदौमा गर्ने निर्णय गरेको छ।
आजको पार्टी सचिवालय बैठकले विसं २०८२ भदौ २०, २१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा विधान अधिवेशन गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
यस्तै बैठकले वामदेव गौतमसँग सहकार्य गर्ने र त्यसका लागि ढोका खुला गरेको पनि उनले जानकारी दिए। पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।