काठमाडौं : सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वार्टरफाइनलमा स्पेनका कार्लोस अल्काराजलाई ४–६, ६–४, ६–३, ६–४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्। खेलमा पहिलो सेट गुमाएपछि, उनले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेका थिए।
कार्लोस अल्काराजले सन् २०२३ मा विम्बल्डन पुरुष एकलको उपाधि जित्दा नोभाक जोकोभिचलाई हराएर पहिलो पटक उपाधि जितेर सबैलाई चकित पारेका थिए।
अब जोकोभिचले सेमिफाइनल खेलमा जर्मन टेनिस खेलाडी अलेक्ज्याण्डर ज्वेरेभको सामना गर्नेछन्। यो खेल शुक्रबार हुने छ।
जोकोभिच अस्ट्रेलियन ओपनमा योसहित १२औं पटक सेमिफाइनलमा पुगेका छन्, जसमा उनले अहिलेसम्म १० उपाधि जितेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।