|

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ।

काठमाडौं र तराइका धेरै भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेश, बागमती र लुम्बिनी  प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कर्णाली  र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.