|

बाँके : चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयले तीन दिन बिदा दिएका छन्। बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । 

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ । 

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिएको उनले स्पष्ट पारे। चिसो बढेपछि अभिभावकले पनि बिदाका लागि  विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.