’कांग्रेस—एमालेलाई बहुमत चाहिए सिट बाँडेर चुनाव लडे भयो’
’कांग्रेस—एमालेलाई बहुमत चाहिए सिट बाँडेर चुनाव लडे भयो’
काठमाडौँ : नेता हृदयेश त्रिपाठीले नेपाली कांग्रेस र नेकपा एमालेलाई संसदमा बहुमत चाहिए सिट बाँडेर चुनाव लड्नुपर्ने व्यंग्य गरेका छन्।
बिहीवार काठमाडौँमा गजेन्द्रनारायण सिंहको २४औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले यस्तो व्यंग्य गरेका हुन्। उनले दुई दलीय व्यवस्था र बहुमत चाहिएको भए आधा/आधा सिट बाँडेर लड्दा बहुमत आउने व्यंग्य गरे।
उनले आन्दोलन गर्दा ७ दल चाहिने तर अहिले दुई दलीय व्यवस्थातिर लैजाने कुरा सह्य नभएको बताए। कांग्रेस र एमालेले लोकप्रियता हासिल गरेको भए जनताबाट गत निर्वाचनमै बहुमत पाइसकेको हुने उनले बताए।
‘आन्दोलन गर्दा हामी ७ दल चाहिने, अनि अहिले दुई दलको कुरा गरेर हुन्छ? बहुदलीय व्यवस्था वा प्रणाली जुन हामीले अपनाएका छौँ। नेकपा एमालेका नेता मदन भण्डारीको जनताको बहुदलीय जनवादकै विपरीत हो- दुई दलीय जनवाद‚’ उनले भने, ‘दुई दल भनेको कांग्रेस र एमाले उहाँले सोच्नुभएको होला। कांग्रेस र एमालेले लोकप्रियता हासिल गरे भने त दुई दललाई बहुमत आइहाल्थ्यो। अर्को निःशुल्क सल्लाह के छ भने यदि बहुमत नै ल्याउने हो भने आधा-आधा सिट बाँडेर लडे भइगयो नि!’
तपाईंको ईमेल गोप्य राखिनेछ ।