भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र उनीसहित बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँचजनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामूहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबै जनाको हत्या गरेका थिए।
सरकारी वकिल सुनिलकुमार मिश्रले एएफपीलाई बताएअनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या गरेका थिए।
केही दिनपछि गाउँलेले अचेत अवस्थामा फेला पारेकी किशोरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको मिश्रले बिहीबार बताए।
छैटौँ व्यक्तिलाई ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो, तर बलात्कारमा उसको संलग्नता प्रमाणित भएन, त्यसैले उसलाई हत्या अभियोगमा आजिवन जेल सजाय सुनाइएको’ उनले बताए। भारतमा मृत्युदण्डको व्यवस्था भएपनि व्यवहारमा यो विरलै दिइने सजाय हो ।
एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा सन् २०२२ मा दैनिक औसतमा ९० वटा बलात्कारका घटना भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।