|

काठमाडौं :  राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको  मेलम्ची खानेपानी वितरण व्यवस्थित नहुँदा उपत्यकाको ठमेल, महाबौद्ध लगायतका क्षेत्रमा दिनहुँ रूपमा पानी खेर गई रहेको छ।

खानेपानी वितरणका लागि जडान गरिएको पाइप घर घरमा जडान नहुँदा पानी खेर गएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समयमा मीटर जडान नगर्दा, हजारौं लिटर पानी खेर गइरहेको स्थानीय बताउँछन्।

महाबौद्ध क्षेत्रमा यसरी पानी खेर जाँदा सो क्षेत्रमा पसल सञ्चालन गर्ने व्यापारीहरूले सास्ती भोग्नु परेको छ। पसल अगाडि पानी जम्मा हुने र सफा गरी रहनु पर्ने भएका कारण व्यापारीहरुले सास्ती भोग्नु परेको हो।

मेलम्ची खानेपानी परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्दै आएकोमा कुनै क्षेत्रमा खानेपानी खेर गएको छ भने कतै पानीको अभाव उस्तै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.