|

तुलसीपुर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दाङमा शहीद तथा बेपत्ता परिवारसँग भेटवार्ता गरेका छन्।

तुलसीपुर–८ का बटलपुरका शहीद परिवारसँग भेटघाट गरेका हुन्। त्यस अवसरमा दाहालले बेपत्ता र शहीद परिवारको हितका लागि आफू सरकारमा हुँदा पहल गरेको बताए। टिआरसी विधयेक पास गर्न सफल भएको समेत उनको भनाइ थियो।

उनले शहीद परिवारलाई भेट्न पनि गाउँगाउँमा जाने गरेको बताए। जहाँ एकैघरका ६ जना शहीद भएका थिए। घरमै बसिरहेका अवस्थामा नेपाली सेनाले बम विस्फोट गर्दा आमा चम्पाकली चौधरी, छोरा शीतकुमार चौधरी र चन्द्रबहादुर चौधरी, छोरी कमला चौधरी, रामकुमारी चौधरी र रीता चौधरीको घरमै बसिरहेको अवस्थामा मृत्यु भएको हो। सोही वडामा १९ जना शहीद परिवार छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा थारू संग्रहालयको अवलोकन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको दङ्गीशरण–३ चखौरामा रहेको थारू सांस्कृतिक संग्रहालयको अवलोकन गरेका छन्। शुक्रबार उनले संग्रहालयको अवलोकन गर्दै दक्षिण एशियाकै राम्रो र महत्त्वपूर्ण संग्रहालय रहेको बताए। उनले संग्रहालयले पर्यटन, प्रवर्धन, थारू संस्कृतिको संरक्षण, इतिहासको संरक्षण र प्रवर्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताए।

संग्रहालयको महत्त्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए। चौधरीले थारूहरूको इतिहास जीवन्त राख्न संग्रहालयको परिकल्पना गरिएको बताए।

संग्रहालयको अवलोकनपछि पूर्वमन्त्री रेखा शर्माले थारूको इतिहास र संस्कृति, चालचलन, रहनसहन रीतिरिवाज दर्शाएको बताए। उक्त संग्रहालयमा देशैभरका थारू समुदायको कला, संस्कार, संस्कृति, परम्परा झल्किने खालका वस्तु राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.