‘अब कुहिरोले उडान रोकिँदैन’

|

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरुले नै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै चलाएर देखाउने दावी गरेका छन्।

शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो दावी गरेका हुन्। 

उनले अब उक्त विमानस्थलमा कम भिजिबिलिटीमा समेत उडान गर्नसक्ने उपकरण जडान गरिएको उल्लेख गर्दै अब कुहिरोले उडान प्रभावित गर्न नसक्ने दावी पनि गरेका छन्।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली बिहीवार लागू भएको थियो। 

उनले उक्त प्रणालीले कम भिजिबिलिटीमा पनि उडान गर्नसक्ने बताए। उनले भैहरवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको समेत बताए। 

उनले सरकारले अगाडि बढाएका आयोजनाहरुको विरोध नगर्नसमेत आग्रह गरे। 

‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौँ। कमी कमजोरी भए औँल्याउँ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बनायौँ‚ त्यो विमानस्थल निर्माण गरिरहँदा अनेक आलोचना सामना गर्नुपर्‍यो‚’ उनले भने, ‘हामी चलाएर देखाउँछौँ। हामीले बनाएको हो हामी नै चलाएर देखाउँछौँ। हामीले संचालन गरेका र अगाडि बढाएका आयोजनाहरुबारे प्रसंशा गर्न सकिन्न भने विरोध नहोस् भन्ने म आग्रह गर्न चाहन्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.