|

कपिलवस्तु : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वदेखि पश्चिमसम्म जनतासँग जोडिने विशेष माओवादी अभियान सञ्चालन हुने घोषणा गरेका छन्।

कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रचण्डले माओवादीप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख गरे।

विगतमा भएका अभियानमध्ये ‘जनतासँग माओवादी’ अभियानलाई उत्कृष्ट अभियान बनाउने लक्ष्य रहेको उनले बताए।

पार्टीलाई सुदृढीकरण गर्दै नयाँ ढंगले अघि बढाउन हजारौँ नेता–कार्यकर्ता पार्टीमा प्रवेश गराउने अभियानले माओवादीलाई जनतासँग अझ नजिक पुर्‍याउने दावी गरे।

 प्रचण्डले पछिल्लो १८ महिनामा माओवादी नेतृत्वको सरकारको सुशासन, भ्रष्टाचार विरोधी कदम र सामाजिक विभेदविरुद्धका क्रियाकलापहरूले सकारात्मक प्रभाव पारेको बताए।

अहिले देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको र अभियानका क्रममा ठूलो संख्यामा पार्टी प्रवेश गराउनुपर्ने आवश्यकता रहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.