|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। पार्टी कार्यालय वनस्थलीमा सोमबार बिहान साढे ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो।

कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार आसन्न संसद् अधिवेशन, समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ। यस्तै सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा पनि छलफल हुने रावलले जानकारी दिइन्।

सहकारी ठगीको मुद्दामा रूपन्देही जिल्ला अदालतमा उनको थुनछेक बहस जारी रहेकाले रास्वपाका सभापति रवि लामिछाने भने बैठकमा उपस्थित हुने-नहुने टुंगो लागेको छैन। आइतबार बहस सकेर रिहाइको आदेश भए उनी सोमबारको बैठकमा सहभागी हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.