थप उपचारको लागि काठमाडौं ल्याइँदै

|
file photo

काठमाडौं : ताप्लेजुङमा प्रहरीको गोली लागेर घाइते भएकाहरुको विराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने तयारी भएको छ। फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा शनिबार साँझ भएको झडपमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर ३ जनाको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता विवेक बस्नेतले थाहा सन्चार नेटवर्कलाई जानकारी दिए। उनका अनुसार ४ जनामध्ये एकजना भने डिस्चार्ज भएका भएका छन्।

प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन्। यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो।

उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो। मंगल लावतीको अवस्था सामान्य रहेकाले डिस्चार्ज भएका हुन्।

झडपमा परेर नेपाल  प्रहरी र सशस्त्र प्रहरीका २० जना घाइते भएका तर अवस्था समान्य रहेको प्रहरी निरिक्षक बस्नेतले बताए। मुकुम्लुङ बचाउ संघर्ष समितिले केबलकार निर्माणको विरोधमा आजदेखि आन्दोलन गर्ने तयारी गरेको थियो। आन्दोलनलाई रोक्न भन्दै हिजो नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.