|

पर्वत : मोफसलको लोकप्रिय आहा रारा पोखरा गोल्ड कपको २४औँ संस्करणमा आज सशस्त्र प्रहरी बल एपीएफ फुटबल क्लब र मच्छिन्द्र क्लबीच खेल हुँदै छ।  

मङ्गलवारदेखि पोखरा रङ्गशालामा सुरु भएको खेलमा दोस्रो दिन यी दुई क्लबबिच खेल हुन लागेको हो। आहा रारा पोखरा गोल्ड कपको फाइनलमा हालसम्म पुग्न नसकेको मच्छिन्द्र र २०७८ सालको गोल्ड कपमा विजेता बनेको एपीएएफबीचको खेल आज दिउसो हुनेछ। यो खेलबाट विजेता बनेको टोलीले माघ २७ गते थ्रीस्टार क्लबसँग खेल्नुपर्ने छ।

मङ्गलवार भएको उद्घाटन खेलमा भने विभागीय टोली नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई पराजित गरेको छ। पुलिसले आयोजक सहारा क्लबलाई १–० गोलले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

पुलिसले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको २३ औँ संस्करणमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजेता र थ्री स्टार क्लब उपविजेता बनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.