ललितपुर : च्यासलस्थित मनोहरा नदीको किनारमा रहेको च्यासल मैदान असोजको दोश्रो साताको बाढीले क्षतविक्षत भएको थियो। स्थानीय युवाहरूको सहयोगमा मैदानमा थुप्रिएको माटो हटाइए पनि त्यो पूर्ण रुपमा सकिएको छैन।
खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन्।
च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए।
उनले भने,'बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ।'
च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन्। मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरू मौन रहेकामा उनी दुःखी छन्। खेलकुद परिषद्सँग रु १० लाख माग गरेका तर हालसम्म निर्णय नभएको उनको कथन छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।