|

काठमाडौं :  दिल्ली विधानसभाका ७० सिटमा बुधबार मतदान भएको छ। जसको  आगामी शनिवार परिणाम सार्वजनिक हुनेछ। 

११ एजेन्सीहरुले एग्जिट पोलको नतिजा सार्वजानिक गरेका छन्। जसमा ९ एक्जिट पोलमा भारतीय जनता पार्टीको सरकार बन्ने उल्लेख छ।

यस्तोमा २ एक्जिट पोलले आम आदमी पार्टीके सरकार बन्ने अनुमान गरेका छन्। पोल अफ पोल्समा भाजपाले ३९ सिट पाउने दाबी गरिएको छ। त्यस्तै आम आदमी पार्टीले ३० सिट पाउने र कांग्रेसले १ सिटमा जित निकाल्ने अनुमान गरिएको छ।

यदि भाजपाको बहुमत मिलेमा उसले २७ वर्षपछि दिल्लीको सत्ता समाल्ने छ। यसअघि उसले १९९३ मा ४९ सिट जितेको थियो। जसमा उसले ५ वर्षमा ३ मुख्यमन्त्री बनाएको थियो। त्यो बेला मदनलाल खुराना, साहिब सिंह वर्मा र सुषमा स्वराज मुख्य मन्त्री बनेका थिए। अहिले तीनै नेताका छोराछोरी दिल्लीको राजनीतिमा सक्रिय छन्।

दिल्लीको विधानसभाको ७० सिटमा बुधबार ५८ दशलमव ०६ प्रतिशत मतादन भएको थियो। यहाँ कुनैपनि पार्टीले एकल बहुमत प्राप्त गर्नका लागि ३६ सिट आवश्यक पर्ने छ।

आपले भने तीन पटक सरकार बनाउँदा एक्जिट पोलले कहिले पनि आम आदमीले जित्ने अनुमान नगरेको भन्दै यसलाई पहिलाकै निरन्तरता भनेको छ। भाजपा भने उत्साही बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.