|

काठमाडौं : धरानमा जारी २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल आज हुँदै छ।

धरान रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुने छ। फाइनल प्रवेशका लागि साविक विजेता न्यूरोड टिम एनआरटी र भारतको युकेएफसी आमने सामने हुने छन्।

एनआरटीले क्वाटरफाइनलमा झापाको केएफटीसीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।

यसैगरी युकेएफसीले  घरेलु टोली धरान फुटबल क्लबलाई सडनडेथमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। 

आजको विजेताले उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ।

चर्च ब्वाइजले भुटानको आरटीएफसीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

बुढासुब्बा गोल्ड कपको उपाधि विजेता टिमले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.