|

काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परकेा छन्।

कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय भरत सन्ज्याललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ पहाड रोडबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका-२ तेघरी बस्ने २२ वर्षीय धिरज बलायरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाँउ डेरा गरी बस्ने गोदावरी नगरपालिका-२ घर भएकी २२ वर्षीय रिया भन्ने बिष्ना पालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ मडाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित शिवराज नगरपालिका-५ चन्द्रौटा बस्ने ४४ वर्षीय बसन्त कुमार न्यौपानेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको   छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले लु.३७ प ५१०९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

डोटी, दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध आदर्श गाउँपालिका-५ बस्ने २२ वर्षीय दिनेश रोकायासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात उनको खोजी गर्ने क्रममा दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला डेरा गरी बस्ने १९ वर्षीय अर्जुन बोहराको कोठामा फेला पारी दिनेश र अर्जुनलाई समेत प्रहरीले पक्राउ गरेको छ।

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ती आङ्देम्बे (भुजेल) रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २५ वर्षीय निशान चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५४ प ९८८९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-४ आँपगाछीस्थित कोशोलोक मार्गबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-४ देब्रे बस्ने २३ वर्षीय रोशन श्रेष्ठ र २४ वर्षीय निरज घिमिरे रहेका छन्। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले बागमती प्रदेश-०२-०३५ प १५३४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.