चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ। समयमै बहस सकिएकाले चितवन जिल्ला अदालतले आजै आदेश दिने तयारी गरेको छ।
अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले बहस सकिएकाले आदेश लेखन जारी रहेको र आजै आदेशको तयारी रहेको थाहाखबरलाई जानकारी दिए।
जिल्लाको साहारा चितवन सहकारी ठगी प्रकरण चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा बुधवार र आज बिहीवार थुनछेक बहस भएको हो।
सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधवार अदालत गएका थिए। बहस नसकिएकाले उनलाई अदालतले प्रहरीको जिम्मा लगाएको थियो। आदेश आजै आउने भएपछि प्रहरीले अदालत आसापासको सुरक्षा व्यवस्था कडा पारेको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।