यु–११ छात्रातर्फ पुष्पसदन फाइनलमा
यु–११ छात्रातर्फ पुष्पसदन फाइनलमा
काठमाडौं : पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगीता बिहीबारदेखि कीर्तिपुरमा सुरु भएको छ।
पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन प्राOम ग्लोबल स्कूलले वर्चस्व कायम गरेको छ। छात्र र छात्रा दुबैतर्फको टिम इभेन्ट्समा प्राईम ग्लोबल विजेता भएको छ।
छात्रतर्फ प्राइम ग्लोबल पहिलो हुँदा मंगल सेकेण्डरी स्कूल दोस्रो भएको छ भने हिल टाउन सेकेण्डरी स्कूल र आइडियल मोडल स्कूल संयुक्त रुपमा तेस्रो भएका छन्।
यसैगरी पुष्पसदन टेबलटेनिसको छात्रातर्फ प्राइम ग्लोबल विजेता बन्दा स्बर्णिम स्कूल दोस्रो तथा मंगल सकेण्डरी स्कूल र आयोजक पुष्पसदन तेस्रो भएका छन्। खेल पुष्पसदनको टेबलटेनिस कोर्टमै भएको हो।
बिहीबार नै सम्पन्न यु–११ छात्रतर्फको उपाधी बृहस्पती विद्यासदनका विनम्र घिमीरेले जितेका छन्। आइडियल मोडल स्कूलका सत्भिकरत्न शाक्य दोस्रो हुँदा डिलाइट किण्डर गार्डेन स्कूलका रुसन शाक्य र केटिएम ग्लोबल स्कूलका कीर्तन श्रेष्ठ तेस्रो भएका छन्।
बिहीबार यु–११ को छात्रातर्फको प्रतिस्पर्धाबाट विजयी हुँदै पुष्पसदनकी क्रिष्टल भूषाल र प्राइम स्कूलकी नमिला फाइनलमा पुगेका छन्। यो इभेन्टको फाइनल प्रतिस्पर्धा शनिबार हुनेछ।
शुक्रबार यु–१३ का छात्र र छात्रा तथा सिनियर छात्र र छात्रातर्फको प्रतिस्पर्धा हुने पुष्पसदनका इसिए संयोजक राजु लामाले जानकारी दिए। उनका अनुसार यी इभेन्ट्सको फाइनल खेल पनि शनिबारै हुनेछन्।
माघ २६ गतेसम्म चल्ने प्रतीयोगीतामा ३० वटा विद्यालयका २ सय ३० जना विद्यार्थीले सहभागिता जनाएका छन्। प्रतियोगिताको उद्घाटन पुष्पसदनका अध्यक्ष महेश श्रेष्ठ र सोफेज नेपालका अध्यक्ष रामकृष्ण मर्हजनले गरे।
प्रतियोगितामा १ सय ५४ जना छात्र तथा ७६ जना छात्राले प्रतियोगिता प्रतिस्पर्धा गरेका छन्। विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। पुष्पसदनले एक महिना अघि मात्रै चेस प्रतियोगिता गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।