'चितवनबाट सुरु परिवर्तनको लडाईं पूरा गर्छु'

|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबाट परिवर्तनको लडाईं शुरु भएकाले पूरा गरेरै छोड्ने बताएका छन्।

बिहीवार चितवन जिल्ला अदालतमा ५४ लाख धरौटी बुझाएर रिहा भएलगत्तै अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको दावी गरे।

उनले चितवन देवभूमि भएकाले चितवनवासीहरु पनि देबता जस्तै रहेको बताए। उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए।

 उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.