|

इजरायलका विदेशमन्त्री गिडोन सारले बिहीवार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिएका छन्। 

इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो।

सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेखेका छन्,“मानव अधिकार परिषदमा इजरायलविरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ।”

सारले परिषद्‍ राजनीतिक प्लाटफर्म भएको छ, जसको प्रयोग इजरायललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ।

“सन् २०२३ अक्टोबर ७ देखि परिषदले इजरायलविरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको छ।”

इजरायली मन्त्रीले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्,“राष्ट्रपति ट्रम्पको न्यायपूर्ण निर्णयमा सामेल भएर इजरायलले अब परिषद्मा भाग नलिने उल्लेख गरेको छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.