|

काठमाडौँ : नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या नरहेको बताएका छन्।

बिहीवार प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। 

उनले अध्यादेशसम्बन्धी विषय व्यवस्थापकीय समस्याको कारणले प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचिबाट हटाइएको बताउँदै निर्णयमा पुग्ने सवालमा कुनै समस्या नरहेको उल्लेख गरे। 

उनले आउँदो आइतवार अध्यादेशसम्बन्धी विषय संघीय संसदको दुवै सदनको बैठकमा निर्णयार्थ प्रस्तुत हुने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.