|

काठमाडौँ : नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्‍लाई सम्बोधन गर्ने कुरा प्रधानमन्त्रीको जानकारीमा भए पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको बताएका छन्।

बिहीवारको प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए।

शुक्रवार संसद्‍भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसद्‍मा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएका कारण आउन नसकेको जानकारी दिए।

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ।

तर बिहीवार प्रतिपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठकमा उपस्थित थिएनन्। सोही विषयलाई लिएर माओवादीले आपत्ति जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.