|

जनकपुरधाम : महोत्तरी प्रहरीले ६ क्विन्टलभन्दा बढी गाँजासहित एउटा ट्रकसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोरप्रसाद चौहानका अनुसार ट्रकको हुडमा कालो प्लास्टिकले बेरिएको ४० वटा रातो प्लास्टिकका पोका फेला परेका थिए। ती ४० पोकामा ६०४ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

ट्रक चालक उदयपुरको कटारी नगरपालिका वडा–१ का गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता चौहानले जानकारी दिए।

प्रहरीका अनुसार बर्दिबास–जलेश्वर सडकखण्डमा पर्ने भंगाहा नगरपालिका वडा नम्बर–६ मजरामा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.