काठमाडौं : २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ।
उपाधि खेल धरान रंगशालामा दिउँसो साढे २ बजे शुरु हुनेछ। ए डिभिजन क्लब एनआरटी तेस्रो पटक उपाधि नजिक पुगेको हो भने अर्को लिग टोली चर्च ब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो । यस सिजनमा चर्च ब्वाइज र एनआरटी क्लबले तीनवटा फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गरेका छन्।
एनआरटीले यसअघि काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर केएफटिसी झापा र पाहुना टोली युकेएफसी भारतलाई पराजित गरेको थियो । यस्तै चर्च ब्वाइजले चार पटकको उपाधि विजेता नेपाल पुलिस क्लब र पाहुना टोली भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपको फाइनलमा स्थान सुरक्षित गरेको हो । गोल्डकप विजेताले दश लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।