काठमाडौं : सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागीले जलेर क्षति पुगेका सामान निकालिएको छ।
आगोले जलेर पूर्ण र आंशिक क्षति भएका सामानहरू निकालिएको हो। मन्त्री प्रदीप यादवको कार्यकक्षमा शनिबार विहान आगो लागेको थियो।
आगलागीबाट दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू, कार्पेट लगायतको क्षति भएको छ। मन्त्री यादवले अति आवश्यक कागजातमा भने कुनै क्षति भएको बताएका छन्।
आगलागीबाट मन्त्री यादवको कार्यकक्ष र सचिवालय पूर्ण रुपमा जलेको छ। आगलागी विद्युत सट् भएर लागेको अनुमान गरिए पनि अनुसन्धान भइरहेको बताइएको छ।
हेरौं जलेका सामान निकालिँदै गरेका केही तस्बिर :
तपाईंको ईमेल गोप्य राखिनेछ ।