|

तनहुँ : तनहुँका महिलाले केरा थम्बाबाट उपयोगी सामग्री बनाउन थालेका छन्। ​शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बाबाट हस्ताकला सामग्री बनाउन थालेका हुन्।

सामाजिक विकास कार्यालयको प्राविधिक सहयोगमा महिला उद्यमी संघ शुक्लागण्डकी एकाइले आयोजना गरेको हो। शुक्लागण्डकी नगरपालिकाका ११ महिलाले केराको थम्बाबाट विभिन्न उपयोगी सामग्री तयार पार्ने हस्तकलाको सिप सिकेका छन्।

खेर गइरहेका स्थानीय कच्चा पदार्थ र समयको सदुपयोग गर्ने उद्देश्यले सीप प्रदान गरेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताए। प्रमुख आचार्यले बताए। ‘स्थानीय कच्चा पदार्थको उपयोगलाई प्राथमिकता दिएका हौँ’, उनले भने, ‘यसले खेर गएका कच्चा पदार्थ उपयोगमा आउनुका साथै सीप विकास तथा पुस्ता हस्तान्तरण हुन्छ।’ 

आधारभूत तालिम प्राप्त गर्ने सहभागीको सक्रियताका आधारमा उनीहरूलाई सीपमा दक्ष र व्यावसायिक बनाउन अर्को चरणको तालिम दिइने प्रमुख आचार्यले बताए।

प्रशिक्षक गोमा अम्गाईँले केराको थम्बाबाट रेशा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउन सिकाएको थिइन्। उनले गाउँघरमा प्रशस्त पाइने केराको थम्बाबाट कपडालगायत धेरै किसिमका सामग्री बनाउन सकिने र उपयोगी पनि हुने बताइन्। 

महिला उद्यमी सङ्घ शुक्लागण्डकीका अध्यक्ष तुलसी शाहले केबल फल खानमात्र प्रयोग भइरहेको केराको थम्बाबाट विभिन्न सामग्री बनाउने सीप सिक्न पाउँदा उत्साहित भएको बताइन्। तालिममा सहभागी अन्य महिलाले सिकेको सीपलाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बन्नतर्फ काम गर्ने बताए। 

केराको रेशाबाट सामग्री बनाउन एक हप्ताको तालिम प्रदान गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ। महिलाले कच्चा पदार्थ र सीपको उपयोग गर्नसके आर्थिक रूपमा सम्पन्न बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.