|
तस्विर- रासस

काठमाडौै : चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलबाट करिब २० मिटर तल खोल्साामा खसेको हो। बस बिहान ४ बजेर ४० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार गाडीमा २८ जना थिए। २३ जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाएकोउनले बताइन्। 

बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.