|

काठमाडौं : अमेरिकाले बायो मेडिकल अनुसन्धान क्षेत्रको अर्बौँ रकम कटौती गरेको छ। 

लागत न्यूनकरणका लागि भन्दै ट्रम्प प्रशासनले वायो मेडिकल अनुसन्धान क्षेत्रको झण्डै ४ अर्ब डलर अनुदान कटौती गरेको हो। त्यहाँको राष्ट्रिय स्वास्थ्य अनुसन्धान

एनआईएचले अनुसन्धानसँग सम्बन्धित अप्रत्यक्ष लागत, जस्तै भवन, उपकरणलगायतका क्षेत्रमा मितव्ययिताका लागि सरकारी अनुदान कटौती भएको जनाएको छ। 
एलन मस्कलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी दक्षता विभागको प्रमुख बनाएपछि उनकै सक्रियतामा यस्तो अनुदान कटौती गरिएको हो।

एलन मस्कले बायोमेडिकल क्षेत्रको अनुसन्धानका लागि दिइएको यस्तो मसलन्द खर्चलाई घोटालाको संज्ञा दिएका छन्। सरकारले यस्तो निर्णयपछि अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्। 

अमेरिकन मेडिकल कलेज एसोसिएशनले यस्तो निर्णयले देशको अनुसन्धान क्षमता कमजोर हुने, वैज्ञानिक उपलब्धिहरु सुस्त हुने र रोग पहिचान र उपचारका कार्यहरुसमेत प्रभावित हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। 

सरकारी अनुदान कटौती भएपछि स्टान्फोर्ड विश्वविद्यालयका प्रमुख रेडिएशन अंकोलोजिस्ट अनुषा कलबासीले सरकारी निर्णयलाई अविश्वसनीय संकटको संज्ञा दिएको बीबीसीले जनाएको छ। अन्य अनुसन्धानमुलक संस्थाहरुले पनि यो निर्णयको विरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.