|

काठमाडौं :  सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न पाँच बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रको बैठक बोलाएका हुन्। 

बैठकमा सरकारले हालै जारी गरेको अध्यादेशलाई संसद् बैठकबाट प्रतिस्थापन गर्ने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

सत्तारुढ दलहरूले सरकारलाई सफल बनाउने उद्देश्यले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित आठ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.