|

काठमाडौँ : दुईजनाको मृत्यु हुने गरी काठमाडौँको दक्षिणकालीमा आज अपराह्न स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घाइते भएका ३९ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

स्कुल छुट्टी भएर विद्यार्थीलाई पुर्‍याउन जाँदै गएको बा १ क ५६६४ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले मृत्यु हुने गाडीका चालक र एक ८ वर्षका बालक रहेका थाहाखबरलाई जानकारी दिए।

दक्षिणकादी नगरपालिका–३ फर्पिङमा आज दिउँदो ४ बजेको समयमा उक्त दुर्घटना भएको हो। 

दुर्घटनापछि स्थानीय अभिभावकले पनि आफ्ना केही विद्यार्थीलाई उपचारका लागि लगेका प्रहरीले जनाएको छ। बाँकी ३९ जनाको विभिन्न अस्पतलामा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.