|

दाङ : दाङमा प्रहरीले करिब आधा किलो अवैध सुन र १ लाख रुपैयाँभन्दा बढी नगदसहित एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने २५ वर्षीय रञ्जित रसाइली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

शुक्रबार  घोराहीमा लु ४६ प ६१६१ नम्बर मोटरसाइकल प्रयोग गरी अवैध रुपमा सुनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार  सूचनाका आधारमा गएको प्रहरी टोलीले लु ४६ प ६१६१ नम्बरको मोटरसाइकल खोजतलास गर्दा बेलुकी ६ बजेतिर घोराही-१५ ट्राफिक चोकमा रहेका रसाइलीलाई फेला पारी खानतलासी गर्दा २ वटा सिक्री र १ वटा सानो डल्ला फेला परेको थियो। 

उक्त सुन तौल गर्दा ४९७.०४ ग्राम बरामद भएको र १ लाख ७  हजार ८०० रुपैयाँ नगद पनि प्रहरीले बरामद गरेको जनाएको छ। प्रहरीले मोटरसाइकल र रसाइलीलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.