|
फाइल तस्वीर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ। 

जिल्ला अदालत काठमाडौँको ६० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालयले आज उच्च अदालत पाटनमा निवेदन दिएको हो।

 निवेदनमा उनलाई थुनामै पठाउनुपर्ने आदेश माग गरिएको उच्च अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले थाहाखबरलाई जानकारी दिए।

सो मुद्दामा मंगलवारलाई पेशी तोकिएको छ। कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छाडेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.