काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बुधबार काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको छ।
काठमाडौं जिल्ला अदालत, वन परिसरसहित आसपासका बस्ती जलमग्न भएका छन्। वन परिसर पछाडि रहेको बस्ती जलमग्न भएपछि मानिसका घर डुबानमा परेका छन्। सडक जलाम्मे हुँदा स्थानीयलाई हिँडडुल गर्न सास्ती भएको छ भने कतिपयको घरको तल्लो तलामा पानी पसेको छ।
पानीका कारण वन परिसर अगाडिको सडक भासिएको छ। जलमग्न बस्तीमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएका छन्।
हेरौं केही तस्बिर
तपाईंको ईमेल गोप्य राखिनेछ ।