|

काठमाडौँ : काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखु नजिकमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। 

शंखरापुरस्थित नगरकोटबाट साँखु आउने क्रममा  कात्तिके भन्ने स्थानमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। 

नगरकोटमा पिकनिक खाएर आउँदै गरेको बा २ ख ७९५८ नम्बरको स्कुलका विद्यार्थी बोकेका बस दुर्घटनामा परेको हो। दुर्घटनामा ४० जना घाइते भएका पनि उनले जानकारी दिए। उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  

उक्त बस नगरकोट पिकनिक गएर फर्केको हो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.