विराटनगर : विराटनगरको शोरुमबाट कार चोरेर भागेका मन्तोषकुमार बिनलाई प्रहरीले सुनसरीमा कारसहित पक्राउ गरेको छ ।
बिहीवार राति विराटनगरको शोरुमबाट चोरी भएको कारसहित मन्तोषलाई सुनसरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले विराटनगर-४ का २४ वर्षीय मन्तोषकुमारलाई कारसहित पक्राउ गरेको हो।
मन्तोषकुमारले बिहीवार राति विराटनगर–३ स्थित धरान-विराटनगर सडकखण्डको एयरपोर्ट मोडअगाडि रहेको पूजा इन्टरनेशनल शोरुमको सिसा फुटाएर ८० लाख रुपैयाँ पर्ने कार चोरी गरेका थिए। उनले कारसँगै १ थान ल्यापटपसमेत चोरेर लगेका थिए।
शुक्रवार दिउँसो साढे १२ बजे विराटनगरको इक्राहीबाट सुनसरीको भोक्राहातर्फ गइरहेको कारलाई प्रहरीले फेला पारेको थियो। मोरङ प्रहरी र कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले कार चोरीमा संलग्न उनलाई कारसहित पक्राउ गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।