|

खोटाङ : खोटाङको हलेसी बजारको एउटा पसलमा आगलागी भएको छ। हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो।

खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए। उनका अनुसार स्थानीय बासिन्वादा र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन्। पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरूले बताएका छन्।

ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरू घरमा पनि फैलिनसक्ने खतरा सम्भावना देखिएको जनाइएको छ।

आगलागी भएको घरमा हार्डवेयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.