काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपालको कूटनीतिक रणनीति कमजोर भएको भन्दै सरकारको आलोचना गरेका छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकको आकस्मिक समयमा बोल्ने सांसद झाले नेपालको कूटनीतिक कमजोरीकै कारण विश्वविद्यालयका चौकीदारले समेत नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरिरहेको बताए।
उनले सरकारको दुई तिहाईको दम्भ संसद भवन र सिंहदरबार बाहेकका नागरिकले अनुभव गर्न नपाएको बताए। उनले देशको सेवा प्रवाहमा समेत सुधार नभएको बताए। उनले मुलुकको कूटनीतिक संचरना नै सुधार गर्न जरुरी रहेको बताए।
‘म ओडिसामा भएको घटना एउटा घटनामात्र नभईकन यसको प्रवृत्ति र यसको अचरणमा जान चाहन्छु। हाम्रो डिप्लोम्याटिक रणनीति कति कमजोर भयो कि छिमेकी देशको स्कुलको चौकीदारले पनि नेपाली नागरिकलाई सजिलै पिटिदिन पाए। र तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको बजेट जति पनि छैन भनेर हेप्न पाए', उनले भने, 'हामी दुई तिहाईको दम्भ यो सिंहदरबार र सदनभन्दा बाहिर हाम्रो नागरिकले त केही पनि फिल गर्न पाएको रैनछ। कता के कन्फिडेन्स छैन। हाम्रो सेवामा सुधार केही पनि छैन। विदेशी देशमा हाम्रो आत्मसम्मान र सुरक्षा कतै पनि छैन। हाम्रो संरचना नै पुनर्निर्माण गर्नुपर्छ कि भन्ने प्रश्ताव गर्न चाहन्छु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।