|
फाइल

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको कूटनीतिक असक्षमताका कारण उक्त विश्वविद्यालयमा असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरेको बताएका छन्। 

प्रतिनिधि सभाको मंगलवारको बैठकको आकस्मिक समयमा बोल्ने सांसद सापकोटाले मृतक विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरूमाथि भएको अमानवीय क्रियाकलापको घोर निन्दा गरे। उनले  सिंगो संसदले उक्त घटनालाई गम्भिरतापूर्वक लिनुपर्ने बताए। 

भारतको ओडिसा राज्यको एक विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भयो। र त्यसपछि नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै आन्दोलन गर्नुभयो। आन्दोलनका क्रममा त्यहाँबाट अमानवीय व्यवहार गरियो।  सिंगै नेपाल र नेपालीमाथि धावा बोलियो। तर सरकारको कूटनीतिक असक्षमताका कारण त्यहाँ अहिले पनि असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नु परिराखेको छ', उनले भने, 'म प्रकृति लम्सालको मृत्युप्रति दुःख व्यक्त गर्न चाहन्छु र हाम्रो दल नेकपा माओवादी केन्द्र)को तर्फबाट घोर निन्दा गर्न चाहन्छु। सरकारको कूटनीतिक पहलकदमीका लागि जोडदार माग गर्न चाहन्छु। प्रकृति लम्सालको परिवारलाई उचित न्याय दिनका लागि उच्चस्तरीय राजनीतिक संवादको यथा शिघ्र थालनी गरेर समस्याको समाधान खोज्नका लागि जोडदार माग गर्दछु। सिंगो संसदले यो घटनालाई गम्भिरतापूर्वक लिनुपर्दछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.