|

काठमाडौँ : नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सुशासन अभावमा विकास निर्माणका कामले पूर्णता नपाउँदा जनताले कष्टकर जिउनुपर्ने अवस्था सिर्जना भएको बताए।

उनले इलामका बाटो र पुल अलपत्र अवस्थामा छोडिएको बताए। उनले अलपत्र परेका विकास निर्माणका कामलाई पूर्णता दिन सरोकारवाला निकायसँग पहल गरिदिन समेत आग्रह गरे।

नेम्वाङले भने, ‘सुशासनको कमजोरीको कारणले विकास निर्माणका कामले पूर्णता प्राप्त गर्न नसक्दा जनताले कष्ट भोग्नुपरेको छ। इलामकै थुप्रै बाटा र पुल अलपत्र अवस्थामा छन्। अझै बर्खामा समयमा त जनताको जीवनस्तर थप कष्टकर बन्ने अनुमान समेत गर्न सकिन्छ। सोच्नुपर्ने विषय के हो भने बजेट जान्छ, ठेक्का लाग्छ तर कामले पूर्णता प्राप्त गर्न सक्दैन। त्यसकारण यस सम्मानित सदनले सुशासन कायम गर्न सम्बन्धित निकाय र ठेक्कावालाहरूलाई कामलाई पूर्णता दिन पहल गरोस्। कडाइका साथ दबाब देओस्।’

उनले विकास निर्माणका काममा गम्भीरता साथ लाग्न ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.