|

काठमाडौँ : भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी रोक्ने  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ।

ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु र त्यसपछि सिर्जित अवस्था सही समाधान नगरिए मन्त्रालयले मन्त्रालयले एनओसी रोक्ने जनाएको हो।

त्यस घटनाको न्यायिक रुपम समाधान नगरिए भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय÷शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्ने उल्लेख गरेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गरी उक्त कुरा बताएको हो। केआईआईटीमा अध्ययनरत नेपाली छात्रा लम्सालको रहस्यमय मृत्यु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.