|

काठमाडौँ : नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन गर्ने घोषणा गरेको छ। संघले सरकारलाई दिएको ४८ घण्टाको समयसीमामा माग पूरा नभएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

संघद्वारा जारी विज्ञप्तिअनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो संस्थाका अगाडि कालोपट्टी बाँधेर कार्यालय समयको पहिलो एक घण्टा धर्ना दिनेछन्।

सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन्।

संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको समय दिएको थियो। जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको महासचिव डा.सञ्जीव तिवारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.