|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवस नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा सामाजिक सञ्जालमा शुभकामना सन्देश लेखेर उनले यो दिन नेपालीले बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन भएको बताएका हुन्।

उनले सबै नेपाली नागरिकलाई प्रजातन्त्र दिवसको शुभकामना दिनुका साथै जहानियाँ शासन विरुद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.